ट्रेण्डिङ

होमपेज / राजनीति

बागमती प्रदेश सभामा बजेटमाथि छलफल सुरु

नेपालगाथा २०८२ असार २० गते शुक्रबार ११:१३:५५ मा प्रकाशित

काठमाडौँ । बागमती प्रदेश सभाको आज बिहान ११ बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल आरम्भ हुँदैछ। प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गर्ने कार्यसूची छ। 

सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेपछि बिहीबार साँझदेखि प्रदेशसभाको बैठक सञ्चालन भएको हो। बिहीबारको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेलले समसामयिक विषयमा मन्तव्य व्यक्त गरेका थिए। प्रदेश सरकारले आगामी आवका निम्ति रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रस्तुत प्रस्ताव गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top