ट्रेण्डिङ

होमपेज / राजनीति

बागमती प्रदेश सभामा बजेटमाथि छलफल

नेपालगाथा २०८२ असार १९ गते बिहीबार ११:३८:२७ मा प्रकाशित

बागमती । बागमती प्रदेश सभाको बैठक आज बिहान ११ः०० बजे सुरु हुँदैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची छ । प्रदेश सभा सचिव रामकुमार पौडेलका अनुसार बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यसअघि निर्धारण भएका दुईवटा बैठक सूचना टाँसेर स्थगन भएका थिए । आजको बैठक बिना व्यवधान सञ्चालन गर्ने प्रयास भइरहेको सभामुख भुवनकुमार पाठकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top