ट्रेण्डिङ

होमपेज / राजनीति

संसदीय समितिको बैठक बस्दै

नेपालगाथा २०८२ असार १९ गते बिहीबार ०९:४०:०३ मा प्रकाशित

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधि सभाको अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिकाे बैठक बस्दैछन् । 

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न काे लागी बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । सोही समयमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हुँदैछ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल सुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top