होमपेज / राजनीति
काठमाडौं । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । यसअघि सरकारसँग शिक्षा विधेयक असार १५ गते पारित गर्ने सहमति भए पनि कुनै चासो नदेखाएपछि शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएको हो ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् । राजधानी केन्द्रित २९ दिने शैक्षिक सडक आन्दोलनपछि गत वैशाख १७ गते सरकारसँग सहमति भएको थियो ।
सहमतिअनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सहमति भएको थियो । तर सरकारले अझै विधेयक अगाडि बढाउन सकेको छैन ।