होमपेज / राजनीति
दोहा । चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार राति कतारको दोहा आइपुगेका छन् ।संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) का लागी प्रधानमन्त्री केपी शर्मा ओली दाेहा पुगेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समय अनुसार राति ११ः१५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, उच्चाधिकारीहरु र कतार सरकारको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए यस्तै, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेल र मञ्चका कतार अध्यक्ष चूडामणि कार्कीले पनि भ्रमण दललाई स्वाग गरेका थिए ।
प्रधानमन्त्री ओली शनिबार साँझ काठमाडौंबाट प्रस्थान गरेका थिए । कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली आज स्पेनको राजधानी म्याड्रिडमा पुग्नेछ ।
