ट्रेण्डिङ

होमपेज / राजनीति

संसदीय समितिको बैठक बस्दै

नेपालगाथा २०८२ असार १४ गते शनिबार १०:०९:५९ मा प्रकाशित

काठमाडौं । आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल हुने सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top