ट्रेण्डिङ

होमपेज / राजनीति

भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन

नेपालगाथा २०८२ असार १० गते मंगलबार १२:४४:३८ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरिएको जानकारी संसदलाई गराएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समिति बनाएको जानकारी दिएका हुन् ।

जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध भएपछि जेठ ३० मा कांग्रेस-एमालेले माओवादी केन्द्रसँग दुई बुँदे सहमति गरेका थिए । भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै हाल रास्वपा र राप्रपाले संसद्‌मा अवरोध जारी राख्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top