ट्रेण्डिङ

होमपेज / राजनीति

राप्रपाकाे बैठक आज बस्दै

नेपालगाथा २०८२ असार १ गते आइतबार १०:५१:१३ मा प्रकाशित

काठमाडौं। राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ।

बैठकमा गत जेठ १५ देखि भएको आन्दोलनको समीक्षा, आगामी आन्दोलनको स्वरुप र तयारीबारे पार्टीको कार्ययोजना, भूमिका र धारणा बारेमा छलफल हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरणका बारेमा पनि छलफल हुने बताइएको छ।

राप्रपा पार्टीले कार्यकर्ता भेला, प्रशिक्षण र गोष्ठी संचालन गर्ने बारेमा समेत टुंगो लगाइने बताए। बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनितीक घटनाक्रम, आन्दोलनको आबश्यकता र औचित्य तथा राप्रपा नेपालको भूमिकाको बारेमा धारणा राख्ने र त्यसमा हुने कार्यसूची काे छलफल रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top