ट्रेण्डिङ

होमपेज / राजनीति

दुई वटा संसदीय समितिको बैठक बस्दै

नेपालगाथा २०८२ जेठ ३१ गते शनिबार १०:००:४८ मा प्रकाशित

काठमाडौं। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समिति बैठक आज बस्ने भएको छ।

बिहान ११ बजे बस्ने बैठक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गरिँदैछ।

दिनको २ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। उपसचिव सावित्रा शर्माका अनुसार आजको बैठकमा सर्वोच्च अदालतका न्यायाधिश र न्याय परिषद्को सदस्यको संसदीय सुनुवाइ प्रारम्भ गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top