ट्रेण्डिङ

होमपेज / राजनीति

अनेरास्ववियुका ११ जना निर्विरोध निर्वाचित 

२४औँ महाधिवेशन

नेपालगाथा २०८२ जेठ २८ गते बुधबार १८:०६:३१ मा प्रकाशित

काठमाडौं । अनेरास्ववियुको २४औँ महाधिवेशनबाट सचिवालय, सदस्य आयोग सदस्य र केन्द्रीय सदस्यमा गरेर ११ जना निर्विरोध निर्वाचित भएका छन् । जसमा एक सचिवालय सदस्य, एक निर्वाचन आयोग सदस्य, दुई लेखा आयाेग सदस्य र सात केन्द्रीय सदस्यमा गरेर ११ जना निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको छैन ।उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्षदेखि सदस्यसम्म गरेर ५०० भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । अनेरास्ववियुको २४ औँ महाधिवेशन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा जारी छ । जारी महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएर उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन भएको छ ।

दलित, मधेशी, थारु, मुस्लिम अल्पसंख्यक, पिछडिएको वर्ग महिलातर्फको सचिवालय सदस्यमा भने एक पदका लागि एक जनाको पनि उम्मेदवारी परेन् भने लेखा आयोगको सदस्य महिलातर्फ २ पदका लागि पनि एक जनाको पनि उम्मेदवारी परेको छैन् । उम्मेदवारी नै नपरेपछि ती पद रिक्त हुने भएका छन् ।

सचिवालय सदस्य

बिहानी पंगेनी, सचिवालय सदस्य, विश्वविद्यालय राष्ट्रिय कमिटी

केन्द्रीय सदस्य

निर्जला पोखरेल, बामगती महिला

रीया मगर, बागमती महिला

अस्मिता रेग्मी, बागमती महिला

सिद्धान्त भट्ट, त्रिवि केन्द्रीय क्याम्पस

सन्ज्योति नेम्वाङ, जनजाती महिला

रञ्जता घतानी, दलित महिला

भूमिकाकुमारी कुँवर, पिछडिएको क्षेत्र महिला

निर्वाचन आयोग सदस्य

प्रार्थना डोटेल, महिला

लेखा आयोग सदस्य

उत्सवी ढकाल, महिला

रेखा तिवारी, महिला

प्रतिक्रिया

सम्बन्धित खवर

Top