ट्रेण्डिङ

होमपेज / राजनीति

अनेरास्ववियुको महाधिवेशन जेठ २५ गतेदेखि २८ गतेसम्म

नेपालगाथा २०८२ जेठ ७ गते बुधबार २२:१७:५७ मा प्रकाशित

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशन यही जेठ २५ गतेदेखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

महाधिवेशनलाई ऐतिहासिक र स्मरणीय बनाउने लक्ष्यसहित विद्यार्थीहरूको अधिकतम सहभागिता सुनिश्चित गर्न संगठनले देशव्यापी व्यापक जनपरिचालन अभियान सञ्चालन गर्ने अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

संगठनको गौरवमय इतिहास, समृद्ध भविष्यको निर्माण र शैक्षिक तथा राष्ट्रिय मुद्दामा अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्यले महाधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढाइएको अनेरास्ववियुले जनाएको छ।

आज काठमाडौ को आरआर क्याम्पसमा आयोजित विशेष कार्यक्रममा अनेरास्ववियु इन्चार्ज तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोर बिक्रम मल्ल प्रमुख अतिथि थिए भने कार्यक्रमको अध्यक्षता अनेरास्ववियु अध्यक्ष समिक बडालले गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top