ट्रेण्डिङ

होमपेज / राजनीति

वाईसीएल नेपालले कर्णाली प्रदेशस्तरीय सम्मेलन सुर्खेतमा गर्दै  

नेपालगाथा २०८२ बैशाख २७ गते शनिबार १२:०३:०२ मा प्रकाशित

सुर्खेत । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले कर्णाली प्रदेशस्तरीय सम्मेलन वैशाख २९ र ३० गते वीरेन्द्रनगर सुर्खेतमा गर्ने भएको छ। शनिवार पत्रकार सम्मेलन गर्दै वाईसीएल कर्णाली प्रदेश संयोजक शोभाराम भण्डारीले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। 

उनका अनुसार सम्मेलनमा कर्णालीका १० वटै जिल्लाका ७१८ वडाबाट प्रतिनिधिहरू आउनेछन्। आयोजक समिति सहित गरी ८१७ जना प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो १२ बजे वीरेन्द्रनगरको पिपल चौतारामा गर्ने कार्यक्रम छ।

यो सम्मेलनबाट वाईसीएल कर्णालीको नयाँ नेतृत्व चयन गरिनेछ। साथै आगामी नीति, कार्यक्रमहरू तय हुने र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छानिने भण्डारीले बताइन्।

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७, १८ र १९ गते हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top