होमपेज / राजनीति
सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले पार्टीका हरेक बैठकमा आर्थिक ऐजेण्डालाई महत्वका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । कर्णाली प्रदेश कमिटीको पॅाचौ पूर्ण बैठकलाई सम्बाेधन गर्दै इन्चार्ज बोगटीले पार्टी कमिटीमा आर्थिक शुसाशन कायम गर्नका लागि आर्थिक विषयलाई अनिवार्य ऐजेण्डाका रुपमा अघि बढाउन निर्देशन दिएका हुन् ।
पार्टीले सञ्चालन गरेको वडा केन्द्रित जरा अभियानले सदस्यता अध्यावधिक गर्ने, नवीकरण गर्ने, नयाँ सदस्यता वितरण गर्ने, पार्टी प्रवेश गराउने र अन्तरविरोध हल गर्नेलगायतका एजेण्डा रहेकाे बताउँदै नेता बोगटीले तीन महिने अभियान सन्चालन गर्नेमा कर्णाली प्रदेश अन्य प्रदेशभन्दा अग्रपंतिमा रहेको बताए ।
.jpg)
बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कॅडेलले प्रदेश समृद्दीका विषयमा पार्टी र सार्वजनिक रुपमा बहस चलाउन निर्देशन दिएका छन् । आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन गरेको एक वर्ष पुग्न लागेको अवस्थामा कर्णाली, भेरी र राप्ती कोरिडोरलाई बहुवर्षीय योजनाका रुपमा अघि बढाएको उल्लेख गर्दै नागरिकमा उत्साह थपिएको उनको भनाइ छ ।