होमपेज / राजनीति
काठमाडौं । काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनलाई उक्साएर हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित २० जनालाई थप १५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
उनीहरूलाई राज्यविरूद्वको कसुरको आरोप लगाइएको छ । आज काठमाडौं जिल्ला अदालतले २० जनालाई थप १५ दिन थुनामा राख्न अनुमति दिएको हो ।
यस्तै आपराधिक उपद्रवको आरोप लागेका ५३ जनालाई थप २० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।