होमपेज / राजनीति
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ माओवादी केन्द्र पार्टीको उपाध्यक्ष बनेका छन् । अध्यक्ष प्रचण्डले पासाङलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्ष बनाएका हुन् ।
यसअघि पार्टीले उनलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो । उपराष्ट्रपतिको दुई कार्यकाल सकिएसँगै उनी उनी पार्टीको बैठकमा सहभागी हुँदै आएका थिए ।