ट्रेण्डिङ

होमपेज / राजनीति

राजनीति गलत मानिसको हातमा पुग्दा देशमा वितण्डा मच्चिन्छ - अध्यक्ष पाण्डे

नेपालगाथा २०८१ चैत्र १६ गते शनिबार १८:४५:०० मा प्रकाशित

काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले राजनीति गलत मानिसको हातमा पुग्दा देशमा वितण्डा मच्चिने बताउनुभएको छ । गलत मानिसको हातमा राजनीति पुग्दा के हुन्छ भन्ने कुरा पूर्वराजाका समर्थकले काठमाडौंमा मच्चाएको आतङ्कले पुष्टि गरेको पाण्डेले बताउनुभयो ।

‘राजनीति गलत मानिसको हातमा पुग्यो भने कति अप्रिय घटना हुँदो रहेछ भन्ने उदाहरण दुर्गा प्रसाईँले देखाएका छन्, यस्ता व्यक्तिलाई आन्दोलनको कमाण्डर बनाएर ज्ञानेन्द्र शाहले गम्भीर भूल गरेका छन्’, पाण्डेको भनाइ छ । 

पूर्वराजाका समर्थकहरूले गरेको प्रदर्शन आन्दोलन नभएर वितण्डा भएको पाण्डेको विश्लेषण छ । ‘आज आन्दोलन होइन, दुर्गा प्रसाईँको उपद्रो थियो, प्रसाईँले हिजो निर्मल निवास पुगेर ज्ञानेन्द्र शाहसँग लामो छलफल गरेका थिए, शाहकै इशारामा प्रसाईँले आन्दोलन हिंसात्मक बनाएका हुन्’, उहाँले भन्नुभयो । 

आन्दाेलनमा आतङ्क र वितण्डा हेर्दा पूर्वनिर्वाचित कार्यक्रम अनुसार भएको उहाँको ठम्याई छ । ‘गतिविधिहरू हेर्दा पूर्वनियोजित रूपमै गरिएको प्रष्टै देखिन्छ, घटनामा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर्‍याउनु पर्छ’, पाण्डेको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top