ट्रेण्डिङ

होमपेज / राजनीति

रोल्पाका दुई क्याम्पसमा विप्लव निकट अखिल समाजवादीकाे प्यानलै विजयी

माओवादीसहित सबै गठबन्धन पराजित

नेपालगाथा २०८१ चैत्र ५ गते मंगलबार २२:२५:३९ मा प्रकाशित

रोल्पा। नेत्रविक्रम चन्द विप्लव निकट अनेरास्ववियु समाजवादीले रोल्पाका दुई क्याम्पसमा सबै संगठनको गठबन्धनलाई पराजित गर्दै प्यानल नै जितेको छ । नेकपा माओवादी केन्द्रले समेत आधार इलाका मानेको रोल्पामा अन्य सबै संगठन मिलेर गठबन्धन गरे पनि अखिल समाजवादीले प्यानलै जितेकाे हाे । 

सार्वजनिक नतिजा अनुसार जिल्लाको थवाङस्थित शहिद स्मृति क्याम्पसमा अखिल समाजवादीको प्यानल विजयी भएको छ। थवाङ विप्लवको आधार इलाका हो ।

यहाँ प्रायः अन्य निर्वाचनमा पनि अरु दलहरुको उपस्थिति कमजोर रहने गर्दछ । यो क्याम्पसको स्ववियु अध्यक्ष स्वर्णिम रोकामगर, सचिवमा प्रकृति झाँक्रीमगर, कोषाध्यक्ष बीरशक्ति बुढामगर विजयी भएका हुन् ।

त्यसैगरी रोल्पाको नमुना क्याम्पसमा पनि अखिल समाजवादीको प्यानल विजयी भएको छ । यहाँ पनि अखिल समाजवादी विरुद्ध अरु संगठनले गठबन्धन गरेका थिए । यहाँकाे स्ववियु अध्यक्षमा चुरामणि केसी, सचिवमा देवेन्द्र डाँगी, कोषाध्यक्षमा टोपबहादुर परियार विजयी भएका हुन् ।

रोल्पामा माओवादी केन्द्रले आफ्नो आधार इलाका दावी गरे पनि विप्लव नेतृत्वको नेकपाले सबै ठाउँमा उसलाई कमजोर बनाउने रणनीति बनाएको जनाइएको छ ।

चार क्याम्पस रहेको रोल्पामा दुई क्याम्पसमा भने विवाद भएका कारण निर्वाचन रोकिएको छ । विवाद भएका कारण नवनेपाल क्याम्पस त्रिवेणी जुँगारमा ताल्चा लागेको छ भने रोल्पा जलजला क्याम्पसमा भने विवादका कारण १८ गतेलाई सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top