होमपेज / राजनीति
सुर्खेत । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अमरदीप क्याम्पस सुर्खेतको सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्षमा अनेरास्ववियुका विशाल रावल निर्वाचित भएका छन् । उनले अखिल क्रान्तिकारीकी लक्ष्मी नेपालीलाई पराजित गरेका हुन् ।
यसैगरी उपाध्यक्षमा सन्ध्या पौडेल विजयी भएकी छन् भने सचिव पदमा अखिल (क्रान्तिकारी) का तारा नेपाली निर्वाचित भएकी छन् ।
स्ववियु कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा बिसी र सदस्यहरूमा रन्जनाकुमारी सिजापति, जानकी दाहाल र विमल के.सी. निर्वाचित भएको निर्वाचन अधिकृत लोकप्रसाद ढकालले जानकारी दिएका छन् ।