ट्रेण्डिङ

होमपेज / राजनीति

प्रेस चौतारी नेपाल बाँकेको अध्यक्षमा कमल डाँगी निर्वाचित 

नेपालगाथा २०८१ माघ १३ गते आइतबार १५:०९:१४ मा प्रकाशित

बाँके। प्रेस चौतारी नेपाल बाँकेको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट कमल डाँगी सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका छन् ।कमिटीको उपाध्यक्षमा रामु वली र महिला उपाध्यक्षमा पवित्रा परियार निर्वाचित भएका छन् । यसैगरी सचिवमा देवेन्द्र पौडेल, सहसचिव जियाउल मुस्ताफा र कोषाध्यक्षमा दीपेश आचार्य निर्वाचित भएका छन् । 

यसैगरी सदस्यहरुमा धना केसी, आशा परियार, सन्ध्या गैरे, रमेशचन्द्र कुमाल, प्रदीप राजवंशी, महमद अमिन हलवाई र टार्जन वली निर्वाचित भएका छन् 

प्रतिक्रिया

सम्बन्धित खवर

Top