होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले) ले आगामी मंगलबार संसदीय दलको बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।