ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेसँगको सहकार्य कुनै पनि हालतमा टुट्दैन - सभापति देउवा 

नेपालगाथा २०८१ पौष २७ गते शनिबार १६:५८:२८ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सहकार्य कुनैपनि हालतमा नतोडिने बताएका छन् । शनिबार आफ्नो निवास बुढानीलकण्ठ आएका आफूनिकट नेताहरुसँगको कुराकानीमा देउवाले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् । सरकार ढल्छ अरे भनेर जिज्ञासा राख्नेहरुमाथि झोक्किँदै देउवाले जवाफ फर्काएका थिए । उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति आफू इमानदार रहेको स्पष्ट पारेका थिए ।

पछिल्लो समय संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर कांग्रेस नेताहरुले प्रश्न उठाएको र सरकार ढल्ने हल्ला चलिरहेको बेलामा देउवाको यस्तो भनाई आएको हो । संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको विषयमा पनि देउवाले छलफल गरिसकेको बताइन्छ ।

देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले अहिले संशोधनको लागि गृहकार्य गरिने र सबैको सहमति नजुटे कांग्रेस र एमालेको बहुमत आएपछि संशोधन गर्ने कुरा गरेको प्रष्ट पारेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top