ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसले १२ वडा अध्यक्ष जित्दा एमाले ५ र माओवादी ४ मा विजयी

उपनिर्वाचन मतगणना अपडेट

नेपालगाथा २०८१ मंसिर १७ गते सोमबार ०६:१५:०४ मा प्रकाशित

काठमाडाैं | निर्वाचन आयोगको सोमबार बिहान ५ बजेसम्मको अद्यावधिक विवरणअनुसार हालसम्म कांग्रेसले १२ वटा अध्यक्ष पदमा विजय हासिल गर्दा एमालेले ५ स्थानमा र माओवादीले ४ वटा स्थानमा विजय प्राप्त गरेका छन् ।

उपनिर्वाचनको जारी मतगणनाअनुसार कांग्रेसले वडाध्यक्षतर्फ हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी, भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द, ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु निर्वाचित भएका छन् । 

यसैगरी गढी गाउँपालिका–६ मा तेतर साहु, राजपुर नगरपालिका–६ मा समसे आलम, रुन्टीगढी गाउँपालिका–४ मा भूपमणि पुन मगर, ईशनाथ नगरपालिका–७ मा शेख अब्दुल खलिक निर्वाचित हुँदा सानीभेरी गाउँपालिका ५ मा मोतीराम खत्री, कीर्तिपुर नगरपालिका १ मा इच्छा कुमार महर्जन, पूर्वीचौधी गाउँपालिका ६ मा मोहन थापा, लालीगुराँस नगरपालिका ८ मा नगेन्द्र लिम्बु, दुहुँ गाउँपालिका ५ मा धनसिंह कुँवर र  कुशे गाउँपालिका ७ मा खम्बबहादुर सिंह निर्वाचित भएका छन् । 

यसैगरी एमालेबाट शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान विजयी भएका छन् । यसैगरी रामगोपालपुर नगरपालिका २ मा सकिवुल खाँ, दुल्लु नगरपालिकामा १३ मा लालबहादुर शाही, मोलुङ गाउँपालिका ५ मा गंगाबहादुर तामाङ र सिरीजंगा गाउँपालिका ३ मा कुमारी सावादेन विजयी भएका छन् ।

माओवादीले त्रियुगा नगरपालिका १५, धनुषाधाम नगरपालिका १, गोरखा नगरपालिका ५ र ककनी गाउँपालिका २ मा विजय हासिल गरेको हो । ती स्थानीय तहका वडामा क्रमशः नवीन कुमार वान्तवा राई, सुनिल कापर केवट, विष्णु बहादुर मगर र कृष्ण घिमिरे निर्वाचित भएको आयोगले जनाएको छ । 

सत्ता साझेदार दल भएपनि स्थानीय तह उपनिर्वाचनमा कांग्रेस र एमाले एक्लाएक्लै लडे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top