होमपेज / राजनीति
काठमाडौैं । अनेरास्ववियु बझाङकाे अध्यक्षमा रुपक धामी सर्वसम्मत चयन भएको छन्। अनेरास्ववियु बझाङको १३ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित जिल्ला कमिटी उपाध्यक्षमा लक्ष्मण गिरी र अञ्जना बोहरा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा दिलीप अधिकारी निर्वाचित भएका छन् ।
अधिवेशनले सहसचिवमा महेश जेठारा, आशिष खड्का, सानु थापा र राजेश कार्कीलाई चुनेको छ । कोषाध्यक्षमा भने सुरेश जोशी निर्वाचित हुनुभएको छ ।