ट्रेण्डिङ

होमपेज / राजनीति

अहिलेकाे समीकरण ०८४ को निर्वाचनसम्मै जान्छ - प्रधानमन्त्री ओली

नेपालगाथा २०८१ मंसिर ७ गते शुक्रबार १५:२३:१३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्मै अहिलेको समीकरण कायम रहने दाबी गरेका छन् ।

ओलीले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै विरोधीहरुले षड्यन्त्र गरेपछि समीकरण तलमाथि नहुने बताएका हुन्।

उनले भने, ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ । म ०८३ असारसम्म प्रधानमन्त्री रहन्छु र देउवालाई जिम्मा लगाउँछु । अब मैले १८ महिना सरकार चलाउँछु र १८ महिना शेरबहादुरजीले सरकार चलाउँनुहुन्छ । यसमा कुनै भ्रम नराखे हुन्छ ।’

उनले कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भए पनि देशलाई अफ्ठ्यारोमा पार्न खोजेपछि एक ठाउँमा आएको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top