होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेश कमिटीको अध्यक्षमा ठगेन्द्र प्रकाश पुरी निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनमा पुरीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
एकीकृत समाजवादी कर्णाली प्रदेश अधिवेशनबाट धिरबहादुर बिष्ट सचिव र धन कुमारी जिसी उपसचिवमा निर्वाचित भएका छन् ।
एकीकृत समाजवादी कर्णाली प्रदेशले १ सय ४१ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ ।