ट्रेण्डिङ

होमपेज / राजनीति

सातै प्रदेशमा ‘कमाण्डर’ तोक्दै उपनिर्वाचनमा होमियो रास्वपा

नेपालगाथा २०८१ कार्तिक २२ गते बिहीबार १७:५४:१४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी दिनुका साथै प्राइमरी इलेक्सनको कार्यतालिका पनि सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा हिजो बसेको बैठकले उपनिर्वाचनका सम्वन्धमा विभिन्न निर्णयहरु लिएको हो । प्रदेशगत रुपमा नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।

जसअनुसार कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्ड सम्हाल्नेछिन् । मधेसमा डा.चन्दा कार्की, बाग्मतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमाण्डर तोकिएका छन् । यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।

पार्टीले प्राइमरी चुनावका माध्यमबाट उम्मेदवारहरु तय गर्ने छ । जसका लागि केन्द्रीय निर्वाचन संयोजन समितिले प्राइमरी निर्वाचनको कार्यतालिका तय गरेको छ ।

कार्यतालिका यसप्रकार छः

प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन : २०८१ कात्तिक २५ गते, साँझ ८:०० बजेसम्म

प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध : २०८१ कात्तिक २६ गते, साँझ ५:०० बजे सम्म

उम्मेदवारसँग छलफल : २०८१ कात्तिक २७ गते, साँझ ५:०० बजे सम्म

उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०८१ कात्तिक २७ गते

मतदान/निर्णय : २०८१ कात्तिक २८ गते, साँझ ७:०० बजे सम्म

नतिजा प्रकाशन : २०८१ कात्तिक २९ गते, दिउँसो १:०० बजे

उम्मेदवारीका लागि आवेदन दिन चाहेनले अनलाइन फाराम वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फराम भर्न सक्नेछन् । निर्वाचन हुने सम्वन्धित स्थानीय तह वा वडाका पार्टी सदस्यले प्राइमरी इलेक्सनमा भाग लिन सक्छन् ।

उम्मेदवारी आवेदन दिने लिंक

https://docs.google.com/forms/d/1nww_YmgB-9-65EcZtvxSkf2Tt8F2SSyUJgr3FrZpV00/edit?ts=672c575d

प्रतिक्रिया

सम्बन्धित खवर

Top