ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

नेपालगाथा २०८१ कार्तिक १० गते शनिबार ११:०६:३७ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्ने भएकाे छ ।

बैठक रास्वपाकाे केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो १ बजे बस्ने भएकाे छ ।

बैठकमा समसामयिक राजनीतिक गतिविधि र आगामी कार्यदिशाका बारेमा छलफल हुने बताइकाे छ ।

सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि बस्न लागेको बैठकले आगामी आन्दोलनका कार्यक्रमबारे निर्णय लिने बुझिएको छ ।

यस अघि पोखरा केन्द्रित आन्दोलन गरेको रास्वपाले लामिछानेलाई थप ७ दिनको म्याद थप भएसँगै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top