होमपेज / राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन स्थगित भएको छ । बिहीबारदेखि दसैँ सुरु भएको र देशभर बाढी पहिरोका कारण विशेष परिस्थिति सिर्जना भएकाले क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनकाे बन्दसत्र स्थगित गरिएकोअध्यक्षमण्डले जनाएको छ ।
बन्द सत्रमा छलफलको लागि प्रस्तावित विधान र प्रतिवेदन उपर छलफल जारी रहेको र विधान पारित भई पारित विधान बमोजिम निर्वाचन सम्पन्न गर्न समयको पर्याप्तताबारे पार्टीको निर्वाचन आयोगसँग परामर्श हुँदा समेत निर्वाचनको सबै प्रक्रिया पुरा गर्न दसैँ अगाडिको समय पर्याप्त नभएको प्राप्त सुझावलाई समेत मध्यनजर गरी निष्कर्षमा पुग्न अध्यक्ष मण्डलबिच व्यापक र गम्भीर छलफल हुँदा हाल जारी रहेको राष्ट्रिय सम्मेलन स्थगित गर्न उचित र श्रेयकर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय गरेको बुधबार जारी गरेको जरुरी सूचनामा उल्लेख छ ।
अर्को सूचना जारी नभएसम्मको लागि बाँकी प्रक्रिया पूरा गर्ने प्रयोजनको लागि चालु रहेको २३औँ राष्ट्रिय सम्मेलन स्थगित गरिएको ब्यहोरा अध्यक्ष मण्डलको २०८१ साल असोज १६ गते बसेको बैठकको निर्णयमा उल्लेख गरिएकाे छ ।