ट्रेण्डिङ

होमपेज / राजनीति

दैलेखको नारायण क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

नेपालगाथा २०८१ भाद्र २९ गते शनिबार १९:४३:५७ मा प्रकाशित

सुर्खेत । दैलेखको नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै विजयी भएको छ ।

चारवटा विभिन्न विद्यार्थी संगठनका गठबन्धनलाई परास्त गर्दै अनेरास्ववियुको पुरै प्यानल नै विजयी भएको हो ।

नेविसंघ, अखिल क्रान्तिकारी, विप्लप निकट विद्यार्थी संगठन र अनेरास्वयू समाजवादीबीचको गठवन्धनलाई हराउँदै अनेरास्ववियु विजयी भएकाे हाे । स्ववियु सभापतिमा हिमबहादुर बस्नेत विजयी भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई नौ मतले पछाडी पार्दै अनेरास्ववियुका बस्नेत विजयी भएका हुन ।

सचिवमा अनेरास्ववियुका फिलिप सिंहले ६५ मतान्तरसहित समाजवादी अनेरास्ववियूका टेकराज बुढालाई पराजित गरे । सिंहले एक सय ९२ मत प्राप्त गर्दा बुढाले एक सय २७ मत प्राप्त गरी पराजित भए ।

कोषाध्यक्षमा अनेरास्ववियुका सुष्मा शाहीले ३१ मतान्तरसहित अखिल क्रान्तिकारीका भुवनप्रसाद पाण्डेलाई पराजित गरिन् । शाहीले १ सय ७२ मत प्राप्त गर्दा पाण्डेले १ सय ४१ मत प्राप्त गरी पराजित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top