ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

नेपालगाथा २०८१ भाद्र २६ गते बुधबार ११:०४:११ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बुधबार साँझ पाँच बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

 आज नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बोलाएको बताएकाे छ ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो । उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो ।

न्यायपरिषद्ले सिफारिस गरेका ८ जना मध्येबाट १ जनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नु पर्ने हुन्छ ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट अवकाश पाउँदै छन् ।

संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top