होमपेज / राजनीति
काठमाडौँ । आज नेपाली काँग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक बस्ने भएकाे छ । सभापति शेरबहादुर देउवाले आज बिहान साढे ८ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
सत्तारूढ दलको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको विकल्प खोज्नेबारे अन्य दलको धारणा मागेपछि देउवाले पदाधिकारी बैठक आह्वान गरेका हुन् ।
बैठकमा उपसभापति धनराज गुरुङको नाम सहकारी प्रकरणमा जोडिएको विषयमा समेत छलफल हुने बताइएको छ ।