ट्रेण्डिङ

होमपेज / राजनीति

आज राष्ट्रिय सभा बैठक बस्दै 

नेपालगाथा २०८१ भाद्र २५ गते मंगलबार ११:४३:५७ मा प्रकाशित

काठमाडौँ । आज राष्ट्रिय सभाकाे बैठक बस्ने भएकाे छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९/८० सभासमक्ष पेस गर्ने कार्यसूची छ । 

 सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०/८१ पेस गर्ने  कार्यसूची छ । 

यस्तै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top