ट्रेण्डिङ

होमपेज / राजनीति

‘विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुनुहुँदैन’ - नेता महर

नेपालगाथा २०८१ भाद्र १९ गते बुधबार १७:४७:४० मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुन नहुने बताएका छन्।

नेपाल प्राध्यापक संघसँग आज भएको कार्यक्रममा नेता महरले सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयले देशभरका दर्जनौँ क्याम्पसलाई सम्बन्धन दिइरहेकोप्रति इंगित गर्दै पहिला विश्वविद्यालय आफैँमा व्यवस्थित हुनुपर्नेमा जोड दिए। 

“देशभित्र प्रादेशिक रूपमै विश्वविद्यालय खोल्ने लहर चलेको छ । प्रादेशिक स्तरमा खुलेका विश्वविद्यालयले लक्ष्य र उद्देश्य विमुख भएर सम्बन्धन वितरण गर्ने काम भइरहेको छ । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी घट्दै गएको अवस्थामा प्रादेशिक तहमा विश्वविद्यालय विस्तार गर्दै जानुको औचित्यमाथि प्रश्न उठेको छ”, उनले भने नेता महरले आफ्नो क्षमता वृद्धि नगरी संरचना मात्र विस्तार गर्ने विषय उपयुक्त नहुने धारणा राखे । 

“राज्यले कति विश्वविद्यालय आवश्यक छन् भन्ने कुरा र विश्वविद्यालयले सम्बन्धनलगायत सवाललाई अगाडि बढाउँदा शिक्षा नीति एवं वर्तमान संविधानको उद्देश्य मनन् गरिनुपर्छ”, नेता महरले भने । लोककल्याणकारी राज्यमा शिक्षा राज्यको दायित्व भएकाले सोही अनुरूप सरोकारवाला अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । विश्वविद्यालयको उद्देश्य मुलुकका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्नु भएकाले त्यसैमा केन्द्रित हुन उनले सुझाव दिए। विद्यमान उच्च शिक्षा प्रणाली राज्यको दायित्वबाट बाहिर जान थालेको र विश्वविद्यालयबाट उत्पादित जनशक्ति विदेशीका लागि उत्पादन गरेजस्तो देखिएको नेता महरको टिप्पणी थियो । राससबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top