ट्रेण्डिङ

होमपेज / राजनीति

म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ - काठमाडौंका मेयर बालेन 

नेपालगाथा २०८१ भाद्र १८ गते मंगलबार २०:०२:२१ मा प्रकाशित

काठमाडौं ।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सरकारको मिलेमतोमा आफ्नो समाजिक सञ्जालमा फोस्ट भएको सामाग्री उडाइएको आरोप लगाएका छन् ।

बालेनले एमाले प्रदेश सभा सदस्य रेखा कुमारी शर्माले बाल श्रम शोषण गरेको विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

प्रदेश सभा सदस्य शर्माले ती नाबालिकालाई ८ वर्षदेखि श्रम शोषण र यातना दिएको बालेनको दाबी थियो । उक्त पोस्ट आज बालेनको फेसबुकबाट हटेको थियो ।

सो पोस्टबारे बालेनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार ।’ साथै, उनले आफू गलत हो भने आफूलाई समाएर देखाउनसमेत सरकारलाई चुनौति दिएका छन् ।

होईन भने दोषी समाउन सरकारलाई उनले दवाब दिएका छन् । ‘म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ,’– उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top