ट्रेण्डिङ

होमपेज / राजनीति

गण्डकी प्रदेशमा एमालेका ४ मन्त्री नियुक्त

नेपालगाथा २०८१ भाद्र १७ गते सोमबार १३:५९:३५ मा प्रकाशित

काठमाडौँ । गण्डकी सरकारमा नेकपा एमालेबाट ४ मन्त्रीनियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका ४ जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

एमालेका तर्फबाट मन्त्री बन्नेमा नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल छन् ।

श्रेष्ठले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बागलुङका कृष्ण पाठकले प्राप्त गरेका छन् ।

एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्रीमा नियुक्त भएका छन् । यस्तै, केसीले भौतिक पूर्वाधार मन्त्रालय प्राप्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले आजै शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top