ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एसका अध्यक्ष माधव नेपाल रुस प्रस्थान

नेपालगाथा २०८१ भाद्र १७ गते सोमबार १०:३१:४८ मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन् ।

‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल रुसतर्फ गएका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ ।

अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरूसँग भेटघाट तथा छलफल गर्ने बताइएको छ ।

 अध्यक्ष नेपाल आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top