ट्रेण्डिङ

होमपेज / राजनीति

आज संसद्‌का चार समितिको बैठक बस्दै

नेपालगाथा २०८१ भाद्र १६ गते आइतबार १०:२४:१५ मा प्रकाशित

काठमाडौँ । आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्ने भएकाे छ । आज अर्थ समिति, शिक्षा समितिको बैठक बस्दै छ ।

राष्ट्रिय सभाको विधायान व्यवस्था समितिको बैठक पनि बस्दै छ र संयुक्त संसदको संसदीय सुनुवाई समितिको बैठक पनि बस्ने भएकाे छ ।

आज बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने बताएकाे छ । 

दिउँसो १ बजेकाे बैठकमा शिक्षा समितिको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

यता राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top