ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रिपरिषद बैठक बस्दै, मुख्य सचिव नियुक्तिको तयारी

नेपालगाथा २०८१ भाद्र १३ गते बिहीबार ११:००:४६ मा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बैठक बोलाइएको छ ।

आजको मन्त्रिपरिषद् बैठक नियमित भएकाले समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल एवं निर्णय हुने बताइएको छ । बैठकमा नयाँ मुख्यसचिव नियुक्तिको बिषयमा समेत छलफल हुँदैछ ।

हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो । मुख्यसचिव गड्तौला ३५ दिने पदावधि भदौ १५ गते समाप्त हुँदै छ  । 

अहिले मुख्यसचिवको दौडमा राष्ट्रिय योजना आयोगका सचिव डाक्टर  तोयानारायण ज्ञवाली, गृहसचिव एकनारायण अर्याल र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top