होमपेज / राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ओमानका विदेशमन्त्री शैयद बदर बिन हमद बीन हमुद अल्बुसाईदीबिच भेटवार्ता भएकाे छ ।
सोमबार दुई दिने भ्रमणका लागि नेपाल आएका विदेशमन्त्री अल्बुसाइदीले आज प्रधानमन्त्री ओलीसँगको भेटवार्ता गरेका हुन् ।
उक्त भेटमा दुई देशबिचको आपसी सम्बन्धको बारेमा छलफल भएकाे बताईकाे छ । विदेशमन्त्री अल्बुसाइदीले दुई देशबिचमा भएको विभिन्न सहमति तथा सम्झौतालाई कार्यान्वयनमा जोड दिएका छन् ।
दुई देशबिचको सम्बन्धलाई बलियो बनाउन दुवै देशले भूमिका खेल्नु पर्ने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।