ट्रेण्डिङ

होमपेज / राजनीति

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे

नेपालगाथा २०८१ भाद्र ११ गते मंगलबार १२:५९:१८ मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

आज भएको पार्टीको आन्तरिक निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा घनेन्द्र बस्नेत र पाण्डेको उम्मेदवारी परे पनि अन्तिममा बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् ।

एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।

आज वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिंदैछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top