ट्रेण्डिङ

होमपेज / राजनीति

ओमानका विदेशमन्त्री नेपाल आउँदै

नेपालगाथा २०८१ भाद्र १० गते सोमबार १०:४१:२३ मा प्रकाशित

काठमाडौँ । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार यहाँ आउँदै छन् । परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा दुई दिनका लागि काठमाडौँ आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणमा नेपाल र ओमानबीचको सम्बन्ध थप मजबुत बनाउने र आपसी चासोका बिषयमा दुईपक्षीय भेटवार्ता तथा छलफल हुनेछ ।

यस्तै, ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top