ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओली र दक्षिण कोरिया राजदूतबीच भेटवार्ता

नेपालगाथा २०८१ भाद्र ५ गते बुधबार १८:५६:०४ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच भेटवार्ता भएकाे छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत ताइयोङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएकाे हाे ।

भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धनलगायत दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए ।

राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरेका थिए ।

भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top