होमपेज / राजनीति
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भाग लिने भएकाे छ ।
बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका सभापति रवि लामिछानेले रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताए।
उनले निर्वाचनका लागि कुन ढंगले अगाडि बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको जानकारी दिए । पार्टी निर्वाचनमा कसरी जाने भन्ने सन्दर्भमा थप छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाई छ ।
लामिछानेले भने, राजनीतिक दलले भाग नलिने भन्ने कुरै छैन‚ कुन ढंगले लिने भनेर छलफल भइरहेको छ । थप छलफल गर्दैछौँ कसरी, कुन तरिकाले जाने त्यसको वर्कआउट गर्छौं ।
देशभरमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्ष गरी ३४ पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।