ट्रेण्डिङ

होमपेज / राजनीति

आजदेखि माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक सुरु हुँदै

नेपालगाथा २०८१ भाद्र ५ गते बुधबार ०८:४२:१० मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुने भएकाे छ । बैठक बुधवार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ । 

साउन ३१ गते बसेकाे केन्द्रीय समितिको बैठकले  प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो ।

आजकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुने छन् । बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने बताएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top