ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

नेपालगाथा २०८१ भाद्र ४ गते मंगलबार १८:१४:०० मा प्रकाशित

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन्। उनी गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो । त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको थियो । लुम्बिनी प्रदेशसभामा कुल ८७ जना सदस्य छन् ।

गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ७० प्रदेशसभा सदस्यले मत दिएका छन् ।

मुख्यमन्त्री आचार्यको विपक्षमा माओवादीका ९, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ गरी ११ जना सांसदले मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top