ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

नेपालगाथा २०८१ भाद्र ४ गते मंगलबार ०९:०५:०० मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । आज बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन भएका हुन् । मुख्यमन्त्री आचार्य गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

 आचार्यलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र १ स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका छन् ।

लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३/३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिने भएका छन् ।

त्यस्तै मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रि जनमोर्चाले विश्वासको मत नदिने बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top