ट्रेण्डिङ

होमपेज / राजनीति

परराष्ट्रमन्त्री राणाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

नेपालगाथा २०८१ भाद्र ३ गते सोमबार ०८:५३:५१ मा प्रकाशित

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीसँग भेटवार्ता गर्ने भएकी छिन् । राणाले दिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग साँझ भेटवार्ता गर्ने भएकी हुन् ।

 देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै आजै राणाले भारतीय  विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top