ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

नेपालगाथा २०८१ भाद्र १ गते शनिबार १७:०६:२१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच शनिबार भेटवार्ता भएको छ । भेटमा दुई नेता बिच विभिन्न राजनीतिक विषयमा विमर्ष भएको छ । भेटका क्रममा प्रधानमन्त्रीले देउवालाई सरकारले गरिरहेका काम बारे जानकारी गराउनुभएको थियो ।

देउवाले प्रधानमन्त्रीलाई सरकारले गर्नुपर्ने कामको बारेमा पनि सुझाव दिनुभएको थियो । ‘नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो, केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए, सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए’, भेट पछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top