होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ (२) अनुसार सोमबार विश्वासको मत लिएका छन् । विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिएका छन् । प्रस्तावको विपक्षमा १४ सांसदले मतदान गरेका छन् ।
मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् । कँडेलले वैशाख १३ गते पहिलो पटक संसदबाट विश्वासको मत लिएका थिए ।