ट्रेण्डिङ

होमपेज / राजनीति

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज शपथ लिने 

नेपालगाथा २०८१ श्रावण २१ गते सोमबार ११:०९:२३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे छ ।

प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । मुख्यमन्त्री शाहले आजै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी गर्नुभएको छ । 

त्यसका लागि शाहले सत्तारूढ नेकपा एमालेसँग छलफल गरिरहेका छन् भने कांग्रेसमा समेत मन्त्रीको नाम टुंगो लगाउन छलफल जारी छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच ३/३ मन्त्रालय लिने समझदारी भएपनि कुन मन्त्रालय लिने भन्ने टुंगो लाग्न बाँकी छ । नागरिक उन्मुक्ति पार्टीलाई समेत एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने मुख्यमन्त्री शाहको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top